पूर्वाञ्चलको स्वास्थ्य महोत्सव सम्पन्न

झापाः झापाको बिर्तामोडमा गत मंसिर २ गतेबाट शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।
बिएण्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य परीक्षणबाट गरिएको थियो ।

मंसिर ८ गतेसम्म सञ्चालन रहेको महोत्सवमा १६ हजार आठ सय ३२ जनाले स्वास्थ्य सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले जानकारी दिए ।
महोत्सव अवधिभरमा तीन सय २१ जनाले शल्यक्रिया सेवा, १५ हजार सात सय ३२ जनाले प्रयोगशाला परीक्षण सेवा लिएको आज अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो ।

महोत्सव सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च भएको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य महोत्सवमा नेपालका विभिन्नस्थान भारतबाट पनि सेवाग्राही स्वास्थ्य जाँच गर्न आएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले बताए ।

    Comment Here!