तमोरमा जलयात्रा

काठमाण्डौँ । सेतु एडभेन्चर प्रालि धरानले हरेक बर्ष झैं धनकुटाको तमोर नदीमा जलयात्रा (र्‍याफ्टिङ) सेवा शुरु गरेको छ ।

रोमाञ्चक जलयात्राको लागि प्रति ब्यक्ति रु ३ हजार तिरेर एक दिनको जलयात्रा गर्न सकिने सञ्चालक सेतु सिलवालले बताए ।

एक पटकमा दुई वटा बोटबाट १६ जनालाई धनकुटाको मुलघाटदेखि ३४ किलोमिटर दूरीको सुनसरीको चतरासम्म जलयात्रा गराईने सिलवालले जानकारी दिए ।

जलयात्रा (र्‍याफ्टिङ)का लागि नेपालको तीन उत्कृष्ट नदीमध्ये तेस्रो स्थानमा पर्ने यो नदीमा र्‍याफ्टिङ सेवा दिने संस्थाको संख्या सेतु प्रालिसँगै तीन पुगेको छ ।

    Comment Here!