संस्कृति जोगाउन स्यामुङ सिलाउँदै, आम्दानी पनि लिँदै

काठमाडौंः लोप हुदै गएको परम्परागत संस्कृति जोगाउन किमाथाङकाका फिञ्जो भोटे लागि परेका छन् । शेर्पा, भोटे, सिङवा, ल्होमी जातिले लगाउने स्यामुङ (टोपी) लोप हुदै गए सँगै उनले परम्परा संरक्षण गर्न टोपी सिलाउदै आएका छन् । तिब्बतीय संस्कार मान्ने यि जातिको विवाह, पर्व, खुसी र दुखका काममा यो टोपी लगाउने चलन छ ।

स्यमुङ (टोपी) लगाएर पहुनालाई स्वागत गर्न नृत्य गर्ने तयारी गर्दै किमाथांकाका महिलाहरु ।

उनले टोपी सिलाएरै एक वर्षमा १२ लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन् । तिब्बतीयन संस्कार अनुसार बुद्धधर्मालम्बी महिलाले जातीय पोशाकका रुपमा लगाउने स्यामुङ (टोपी) हिजोआज पुरै लोप भएको छ । यो टोपी सिलाउने फिञ्जो भोटे मात्र एक हुन् ।

तिब्बतीयन महिला बसोवास गर्ने क्षेत्रमा यो टोपीको माग बढ्ने हुँदा पेशाकै रुपमा टोपी सिलाउने गरेको भोटेले बताए । भारतको सिक्कीम, दार्जिलिङ, ग्यान्टोक, मिरिक, नेपालका शेर्पा, भोटे, नावा, सिङसवा बस्ती र चीनको तिब्बत क्षेत्रका महिलाले यो स्यामुङ(टोपी) लगाउने गर्छन ।

फिञ्जो भोटेले सिलाएको पोशाक स्यमुङ लगाएका सजिएका हटिया–४ हटियाका बालिका ।

१० बर्ष अघिदेखि फिञ्जोले यो पेशा गर्दै आएको बताए । १५ बर्ष अघि सम्म हटिया-१ हुङगुङका पिम्बा भोटेले हातले सिलाउने गरेका थिए । चीनको देन्दाङमा दोर्ची फिञ्जो लामाले स्यमुङ सिलाउने गर्दथे । तर उनीहरुको मृत्यू भए पछि यो काम गर्ने कोही नभएर आफुले व्यवासायिक रुपमा सिलाउदै आएको भोटेले बताए ।

संस्कृतिको संरक्षणमा चासो लिए तर माग बढे पछि पेशानै बनाएको उनको भनाई छ । कच्चा पदार्थ तिव्वतबाट आयत गरेको र थप युवापुस्तामा स्यमुङ र पोशाक सिलाउन प्रोत्साहित गर्दै आएको बताए ।

पुरुष र महिलाले लगाउने पोशाक, लामाले लगाउने देवताको भेषको उचेमपेशु स्यमुङ र महिलाले लगाउने स्यामुङ सिलाएर उनले वर्षमा १२ लाख सम्म आम्दानी गर्ने गरेको फिञ्जो भोटेले बताए ।

वर्षका स्यामुङ मात्र दुई हजार चार सय सम्ममाग आउने गरेको र टोपी पाँच सयदेखि एक हजार सम्ममा बिक्री गर्ने गरेको बताए । एउटा टोपी तयार पार्न डेड सय सम्म खर्च लाग्ने र मेहनत जोडेर आम्दानी लिने गरेको छु आम्दानीले परिवार गुजारा र बालबच्चा पढाउन सहयोग पुगेको छ उनले भने, ।

पछिल्लो समय युवायुवतीमासमेत पोशाक र टोपी प्रति आर्कषण बढ्दै गए पछि यसको संरक्षण हुन थालेको छ । रातो स्यमुङ किमाथाङका र चीनको देन्दाङका महिलाले प्रयोग गर्छन भने, कालो हटिया चेपुवा र भारतको सिक्किम दार्जिलिङका महिलाले प्रयोग गर्छन ।

सिलाएको टोपी देखाउदै फिञ्जो र उनका श्रीमती सुम्जु भोटे ।

रातोको मुल्य एक हजार रुपैयाँ छ भने कालोको मुल्य पाँच सय रुपैयाँ बिक्री गर्दे आएका छन् । बार्षिक एक हजार देखि एक हजार पाँच सय गोटा बिक्री हुने गरेको र दुई हजार पाँच सय माग भएकाले धान्न धौधौ भएको उनले बताए ।

हिमालय प्राथमिक विद्यालय किमाथाङकाका प्रधानध्यापक समेत रहेका उनी बिहान बेलुकी मात्र टोपी सिलाउने गर्दछन् । उनको काममा श्रीमती सुम्जु भोटेले सहयोग गर्दै आएकी छन् । २०४५ सालमा अस्थायी सेवामा जागिर प्रवेश गरी २०४८ सालमा स्थायी भएर निरन्तर शिक्षण गर्र्दै आएका छन् ।

शिक्षणका अलावा २०६५ सालदेखि किमाथाङकामा निरन्तर टोपी सिलाई गरी दुई छोरा र दुई छोरीसँगको गुजारा चलाउँदै आएको भोटेले बताए । संस्कृतिको रक्षा हुने, घुम्न आउने पर्यटकले आफ्नो पेशाबारे जानकारी पाउने, आम्दानी राम्रो हुने पेशा रहेको भन्दै भोटेले युवा पुस्तालाई यो पेशालाई अघि बढाउन सुझाव पनि दिए ।

स्यमुङ (टोपी)

स्यमुङ(टोपी) सिलाउदै किमाथाङका फिञ्जो भोटे ।

स्यमुङ (टोपी) लगाएर पहुनालाई स्वागत गर्न नृत्य गर्ने तयारी गर्दै किमाथांकाका महिलाहरु ।

    Comment Here!