तमोर घुम्न जानेलाई उखु कोशेली

काठमाडौंः तमोरको किनारमा स्थानीयले राखेको उखु अहिले त्यहाँ घुम्न जाने पर्यटकको कोशेलीका रुपमा विकास हुन थालेको छ ।

तराईबाट पुर्वी पहाडी जिल्लामा जाने र पहाडी क्षेत्रबाट तराई आउजाउ गर्ने बटुवाले कोशेलीका रुपमा उखु किन्ने गर्दछन् । धनकुटाको तमोर नदिको पुल नजिकै बसेर स्थानीय महिलाहरुले आफैले बारीमा उत्पादन गरेको उखु गाडीमा सवार हुनेहरुलाई बिक्री गर्ने गरेका हुन् ।

बार्षिक रुपमा तीन लाख सम्मको उखु बिक्री गर्ने गरेको धनकुटाकी बिष्णुकुमारी राईले बताइन ।

सडकमा सवार अधिकांश यात्रुले गाडी रोकेरै भए पनि उखु खरिद गरेर जाने गर्छन । सुख्खा क्षेत्र भएकाले पानी अभाव हुदाँ यस क्षेत्रमा उत्पादन भएको उखु गुलियो हुने गरेको पाइन्छ ।

    Comment Here!