‘एनआरएनको सीप र क्षमतालाई पर्यटन विकास गर्न लगाऔं’

काठमाडौंः सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले गैरआवासीय नेपाली (एनआरएन) सँग भएको सीप र क्षमतालाई नेपालको पर्यटन क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।

‘हाम्रोकलम’ अनलाइन पत्रिकाको पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियाम राज्यमन्त्री विष्टले विश्वको जुनसुकै कुनामा रहे पनि हरेक नेपालीले नेपालका बारेमा चासो र चिन्ता लिनुपर्ने बताए ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले कार्यथलो जुनसुकै स्थानमा भए पनि एनआरएनले नेपाल र नेपालीलाई सधैँ माया गर्नुपर्ने बताए ।

    Comment Here!