लेक लागेर पर्यटकको मृत्यु

सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा लेक लागेर बिहीबार एक बेलायती पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलायती राहदानी नं ७६१२००२४३ का ६३ वर्षका टेरिन्स जोन गोस्टलिङ रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गोस्टलिङ बिहान सोही स्थानको डोले रिसोर्टको कोठा नं १७ मा बसेका थिए ।

    Comment Here!