पहाडजत्रै ढुंगो, फन्का लाउन १० मिनेट

पर्वत: पर्वतको महाशिला गाउँपालिका ५ लुंखुमा रहेको एक ढुंगो आन्तरिक पर्यटक भित्र्याउन सफल भएको छ ।

खेतको बीचमा रहेको टाढैबाट देखियो यो ढुंगो वरिपरि घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ ।

यो ढुंगालाई स्थानीयबासीले पूजाआजा गर्छन भने त्यही गाउँको बाटो हिँड्नेहरु ढुंगो नजिक पुगेर फोटो खिच्ने गर्दछन् ।

आकर्षक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढुंगाको राम्रो प्रचार गर्न सके पर्यटकको संख्या बढ्ने गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष जीवन ठकुरीले बताए ।

    Comment Here!