जर्मनको रेड एरियाबाट हट्यो लाङटाङ क्षेत्र

नेपालको पर्यटकीय गन्तव्यका रुपमा रहेको लाङटाङ क्षेत्र जर्मनको रेड एरियाबाट हटेको छ । गत २०७२ वैशाख १२ गते गएको शक्तिशाली भूकम्पका कारण त्यस क्षेत्रमा भएको भौतिक क्षतिलाई मध्यनगर गर्दै जर्मनले लाङटाङ क्षेत्रलाई रेड एरियाका रुपमा परिभाषित गर्दै आफ्ना नागरिकलाई त्यस क्षेत्रमा नजान परिपत्र गरेको थियो ।

लाङटाङमा पदमार्ग  निर्माण गर्दै कामदार ।

जर्मनकै सहयोगमा लाङटाङ क्षेत्रको पदमार्ग निर्माण सम्पन्न भएपछि गत असोज १७ गतेदेखि लागू हुने गरी नेपालस्थित जर्मन दूतावासले त्यस क्षेत्रलाई रेड एरियाको सूचीबाट हटाएको छ ।

यो क्षेत्रको अध्ययन अवलोकन गर्न जर्मनका विभिन्न सञ्चारमाध्यममा कार्यरत आठजना सञ्चारकर्मीको टोलीलाई एक हप्ता अघि लाङटाङ क्षेत्र लगिएको थियो । दूतावासले जर्मन अल्पाइन क्लबको सहयोगमा निर्माण भएको पदमार्गका बारेमा जानकारी दिँदै यो क्षेत्र जोखिम मुक्त भएको निष्कर्ष निकालेपछि रेडलाइट एरियाबाट हटेको हो ।

    Comment Here!