हिमालमा भेला पारेको फोहोर काठमाडौंमा

काठमाडौंः विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाई भन्दा माथिको फोहोर काठमाडौंमा संकलन भएको छ । संकलित फोहोरलाई सजावटको सामान बनाई सरकारलाई बुझाउने आरोही पीके शेर्पाले बताएका छन् । हिमालमा जम्मा भएको फोहोरले विश्वमा नेपालमा खराब नाम जाने भएकाले जनचेतना जगाउँदै हिमाल सफाई अभियानमा जुटेको शेर्पाले बताए ।

जलवायु परिवर्तनले हिमरेखा तीन सय मीटर माथि पुर्‍याएको छ । यसले विश्वमा नकारात्मक असर पुर्‍याएको भन्दै जनचेतना फैलाउन फोहोरबाट निर्मित सामाग्री सरकारलाई उपहार दिने आरोही शेर्पाले बताए । हिमाल सफाइको अभियान चालेका शेर्पाले हिमालको फोहोर काठमाडौं ल्याएका छन् ।

एक्स्टीम एभरेष्ट एक्स्पीडिसनले सन् २०१० देखि सगरमाथाको आठ हजार मिटर माथिबाट फोहोर संकलन शुरु गरेको थियो । आठ हजार मिटर माथिबाट फोहर संकलन गर्ने उनी पहिलो व्यक्ति हुन् । अभियानमा शुरुवातमा एक हजार आठ सय किलोग्राम संकलन गरिएको थियो । फोहोरमात्र होईन त्यत्ति बेला दुई वटा शव पनि आठ हजार मिटरभन्दा माथिबाट तल झारिएको थयो । टोलीमा नाम्गेल शेर्पा र चक्र कार्की पनि थिए ।

पाँच बर्ष यता सन् २०१७ सम्ममा ०.०५६ डिग्री तापक्रम बृद्धि भएको र पाँच हजार चार सयमा पाइने हिमरेखा पाँच हजार सात सयमा पुगि सेकेको रिपोर्टमा उल्लेख छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई न्यूनीकरणमा सहयोग गर्न आठ हजार मिटरभन्दा माथिका अन्य हिमालबाट फोहर संकलन गर्ने लक्ष्यमा रहेको शेर्पाले बताए ।

‘जलवायु परिवर्तनले प्रत्यक्ष रुपमा हिँउ पग्लिन थालेको छ यसले नकारात्मक प्रभाव परेको विश्व जनाएको छ । जनचेतना फैलाउन सरसफाई अभियान सञ्चालन गर्नुको बिकल्प छैन , हामीले गर्‍यौ सरकारले पनि अभियान चलाउनु खाँचो रहेको औल्याए । उनले सन् २०१० मा सञ्चालन गरिएको सरसफाई अभियानमा २० जना अनुभवी क्लाईमिङ शेर्पा र १५ जना सहयोगी सहित ३५ जनाले सगरमाथाको आठ हजार मिटरभन्दा माथिको उचाईमा फोहोर संकलन गरी सरसफाई गरेको थियो ।

सन् २०१३ मा कञ्चनजंगा हिमालको फोहोर संकलन र सरसफाई गरी सकेको छ । कंञ्चनजंगाको पाँच हजार तीन सय मिटरको उचाईमा फोहोर संकलन तथा सरसफाई गरिएको शेर्पाले बताए । १७ जनाको टोलीले दुई हजार किलोग्राम फोहोर संकलन तथा सरसफाई गरेको थियो ।

सन् २०१६ मा मकालु र कञ्चनजंघा हिमालको हिरक जयन्तीको अवसर पारेर कञ्चनजंघा हिमालबाट एक हजार आठ सय किलोग्राम फोहोर संकलन गरिएको संयोजक पीके शेर्पाले बताए । १८ जना शेर्पा र स्थानीय बासिन्दाको सहयोगमा सो फोहोर संकलन तथा सरसफाई गरिएको थियो । शेर्पाको संयोजकत्वमा हालसम्म सगरमाथा र कंञ्चनजंगाको गरी पाँच हजार किलोग्राम फोहर संकलन गरी काठमाडौ ल्याएर प्रसोधन शुरु गरेका छन् ।

    Comment Here!