हिमाल आरोहणमा खुट्टै नभएका हरीको नयाँ कीर्तिमान

काठमाडौंः घुँडा भन्दा माथिबाटै दुवै खुट्टा बिहीन हरी बुढा मगरले मेरापिक हिमाल (६,४७६ मी) को आरोहण गरेर रेकर्ड कायम गरेका छन् । दुवै खुट्टा बिहीन मध्ये छ हजार माथिका हिमाल आरोहण गर्ने उनी पहिलो व्यक्ति हुन ।

हिमालयन स्की एण्ड ट्रेक मार्फत असोज ३ गते विहान ९ बजे उनी चुचुरो पुगेको आरोहणदलका प्रमुख कृष्ण थापामगरले बताए । पहिलो गोरखा राइफलमा कार्यरत उनी अहिले अशक्त भएपछि परिवारसँग बस्दै आएका छन् ।

वेलायती गोरखा शैनिकमा कार्यरत रहदाँ सन् २०१० मा अफ्गानिस्तानसँग भीडन्त हुदाँ वमले लागेर मगरको दुवै खुट्टा गुमेको थियो । ३८ वर्षका हरीले सकिदैन भन्ने भनाईलाई पुष्टी गर्न हिमाल आरोहण रोजेको बताए । शक्त वा अशक्तले सक्दैन भनेर जीवनमा केही नगर्ने र गरे सबै सम्भव छ भन्ने सन्देश दिन हिमाल आरोहण शुरु गरेको बताए ।

उनी सन २०१८ मा सगरमाथा आरोहण गर्ने तयारीमा जुटेका छन् यसका लागि मेरापीक आरोहणले उनलाई थप सफलता मिलेको छ ।

गोरखालीको नाम र शान छदै छ तर पनि युद्धमा घाइते भएर पनि अझै गोरखाली शानलाई माथि उठाउने लक्ष्य राखेको उनले बताए । सगरमाथा आरोहण गरेर सफलताको उदाहारण बनी समाजलाई अशक्तको लागि सकारात्मक बनाउने भूमिका खेल्ने उनको लक्ष्य छ ।

विश्वमा अशक्तको प्रभाव उच्च भएकोले सरकारी तवरबाट अशक्तको पक्षमा नीतिगत व्यवस्थाहरु गर्न पहल गर्ने बताए । रोल्पामा जन्मिएका हरी सन् १९९९ मा वेलायती सेनामा प्रवेश गरेका थिए । उनी श्रीमती, एक छोरी र दुई छोरा सहित लण्डनमा बस्दै आएका छन् ।

    Comment Here!