संस्कृति जोगाउने बाहाना मदिरा नै हो त ?

छेटु शेर्पा
म १२ बर्षको थिए, कान्छी फुपाजु मिङमा शेर्पाले जेठान (मेरो बुवा) भेट्न आउदा दुई कठुवा रक्सी ल्याएको भर्खरै जस्तो लाग्छ । कुदिएको चिटिक्क कटुवा माथि चम्वा (सम्मानमा राखिने बस्तु) त्यो भित्र तीनपाने रक्सी । फुपाजुले सारेर चेनी (सजावट खाने भाडा)मा दिए । आफू भन्दा ठुला र आफन्तलाई भेट्न जाँदा मदिरा अनिवार्य नै हुन्छ । अझ जनजाति संस्कारमा मदिरा बिनाको कुनै पनि काम अघि बढ्न सक्दैन मानौ जन्म संस्कारदेखि मृत्यू संस्कार सम्म ।

फुपाजु जस्तै गाउँमा आएका पाहुना कठुवा नबोक्ने सायदै भेटिदैन । चाँडपर्व कै उत्साहमा पाहुनाको भीड लाग्दा अनेकौ स्वादका मदिरा थुप्रिन्थ्यो । मेरो बुवाआमामात्र नभएर गाउँका अधिकांश २४ घण्टा मदिराले लठ्ठ हुन्थे । घरमा आफैले बनाएको दुई बर्ष अघि देखिको जाँड र तीनपानीको रक्सी चाँडपर्वको उत्साहका वाहाना हुन्थे । करिव दुई सय परिवार शेर्पा, तामाङ, गुरुङ र लिम्बु जातिको बस्ती एक दिन थिएन की जोकोही झ्याप नभएको होस ।

कान्छा काकाको जेठी बुहारी गर्भवती भएको थाहा हुन साथ काकीले निख्खर कोदोको जाँड सुरक्षित गरेको थियो । यो समाजले जो जानेको छ त्यो हो सुत्केरीमा तोङवा दिए सुत्केरीको दुध धेरै आउछ । यसै गरी जाँडको स्वाद थाहा नपाएकी भाउजुले सुत्केरीसँगै तोङवा साहारा बनाइन । पछिल्लो समय उनलाई जाँड बिना बस्न कठिन हुनथाल्यो । तोङवाले मस्त आमाको दुधपिएर तीन महिने भतिज २४ सै घण्टा झ्यापमा बस्नुको विकल्प थिएन । गाउँगाउँमा यसरी वाहाना बन्ने मदिरा हिजोआज शहरबजार, उच्चनिच परिवारदेखि पण्डितसम्मको घरसम्म मदिराले सहजै प्रवेश पाउन थालेको छ ।

मेरो वाल्यकालको दसैं मदिरामय नै हुने गर्दथ्यो । मैले तीनपाने रक्सी र जाँड कति पिएँ भन्ने यकिन छैन । एक समय गाउँमा आधा बटुको जाँड दिए नखाने भनेर मलाई चिन्थे त्यसैले बच्चा भएपनि ठुलो मानिस सरह नै भरिएको बटुकोमा म जाँड पिउथे । जाँड पिउनु हाम्रो समाजमा नराम्रो मानिदैन । विहानीको खाजा, खानाको साथ, दिउसो प्यास मेटाउन, दिउसो खाजासँग र बेलुकीको खानासँग पनि जाँड रक्सीकै प्रयोग हुन्छ । सबै जातीको समुदाय भएकाले दसैंको उत्सवको प्रभाव हामीमा पनि पर्ने गर्दथ्यो । टिका नलगाउने तर खानपिन भने गरिन्थ्यो । तीन दशकको उमेर पार गरी सके पनि दसैंको उत्सव मदिरा बिहिन भएको पाउँदिन । दसैंमा गाउँमा बनाइएको लिङगे पिङ, चर्के पिङ, रोटे पिङमा खेल्ने स्थलमा समेत मदिराले मस्त हुन्थ्यो । पिङ खेल्न आउने साथीहरुले समेत कोसेली ल्याउने गर्दथे ।

पिङमा रमाउदै उत्सव सरह रमाइलो गरिने दसैंको बिदा हिजो आजअलि फरक पर्न थालेको छ । पिङसँग मिल्ने मदिरा हिजोआज कुनै कोठा भित्र गोप्य भएर ताससँग रम्न थालेको पाइन्छ ।

अझ शहरका चोकचोक गल्लीगल्ली सुनसान हुन्छ । वालवालिका कार्टुन र इन्टरनेटले व्यवस्ता बन्न थाले भने के महिला के पुरुषचार जनाभन्दा बढी भए म्यारिज खेल्न थाल्छन । दसैंलाई सुनसान बनाउन थालेको छ । छरछिमेक आफन्तसँगको भेटघाट सामाजिक सञ्जालमै सीमित हुन थाल्दा उत्सव उमंग कमी हुदै गएको छ । फेरी पुरानै शैलीमा दसैंलाई उत्सवपर्व बनाएर मनाउनु पर्छ । नेपालीको संस्कार संस्कृति प्रबिधिको बिकासले ओझेलमा पार्न थालेको छ त्यसैले दसैंलाई पुरानै शैलीमा मनाउनु पर्छ भन्ने वहस चलाउनु जरुरी भएको छ ।

जनजातिको जनसुकै संस्कारमा मदिरा बहाना बन्ने गर्छ तर हिजोआज चाँडपर्व उत्साहमा मदिरा पर्याय नै बन्नथाल्यो । भोजभतेर, पार्टी, शुभकार्यदेखि परिवारमा उत्साहको कोशेली मदिरा नै भएको छ । यति फरक की घरमै बनाइएको शुद्ध जाँड रक्सीले स्थानपाउदैन , ब्रण्डको रुपमा छ्यापछ्यापती बजारमा आएका रक्सीनै सबैको साथी बन्न थालेको छ । यि मदिरा हिजोआज जनजातिका संस्कृतिलाई उछिन्दै आम मानिसको वाहाना बन्न थालेको छ । जन्मदिन, उन्नती प्रगति र दुखसुख, समस्या जस्ता मानिसले आनन्दलाई अनुभूति दिलाउन मदिराले पहिलो स्थान पाउन थालेको छ । बजारमा रातारात सयौ ब्रण्डका नाममा रक्सी उत्पादन हुने गरेको पाइन्छ, तर पनि रक्सीको मागलाई पुर्ति गर्न धौ धौ भएको व्यपारीहरुको भनाई छ ।

असोजमा नरुवा खुवाउन मेरै बारीमागोठ ल्याएका न्यौपाने काकाले मुडा छोएको भन्दै भात सहितको भाडा फिर्ता दिएको मैले बिर्षेको छैन । साइलाभाइले न्यौपानेको भातको भाडा हैन खाना पकाउन प्रयोग गरेको मुडा मात्र छोएको थियो । यस्ता व्यक्ति र समाजलाई रक्सीले परिर्वतनल्याए सकेको पाउछु । न्यौपाने काकाको परिवार हिजोआजत्यो मान्यता राख्न छाडेको छ । उनीहरु समेत मदिरालाई साथ छाड्न नसक्ने भएको पाउछु । मासुमंशलाई पचाउनपनि त चाहियो नी भन्न थालेछन् । हिजो बैश्य र सुद्रले मुडा छुँदा सम्म खाना नखानेहरुमा समेत मदिरा प्रभाव पुग्नुले अव बाहाना नै बाहाना बन्न थालेको पाएको छु ।

स्वयंपाके (अरुले पकाएको नखाने), अरुजातले छोएको नखाने भेटिन छाडे । चौपाय पाल्न छाडे दुध, दही, मोहीको प्रयोगपनि यो बाहानाले तोडि सकेको छ । कार्यक्रम भोजभतेर र चाँडपर्वमा जनजातिले मात्रै नभएर उच्चजातिसम्मले मदिरा प्रयोग अनिवार्य बनाउछ । प्रमुख बस्तु मान्ने चलन सबैमा बिकास भयो । समाजिक र आर्थिक हैसियत पनि मदिराले नै देखाउने परिपाटीको बिकास भएको छ । मदिरामा खर्च बढी गर्ने अनि कति महँगो प्रयोग गर्ने भन्नेको होड चल्छ ।

आफन्तलाई चिनो र कोशेली पनि महँगा मदिरा । कोशेली दिने लिनेकोको वाहाना पनि मदिरा । एक समय कुनै समुदायले मात्र प्रयोग गर्दथे हिजोआज सुखदुख र सामान्य काममा पनि मदिरा नै बहाना बन्छ । संस्कारको रुप लिन थालेको छ । बुढापाकाहरु बजारमा पाउने रक्सीमा विश्वास गर्दैनन थिए । चुदारेको लोप भयो कठुवाहरु बन्न छाडे, अन्नबाट तयारी गरिने जाँड र तीनपाने रक्सीहरु लोप भयो । बजारमा बिषादीयुक्त रक्सी वाहाना बन्ने गरेको छ । कठुवामा रक्सी राखेर ढाकरमा खोक्पा (मृत बंगुर) बोकेर दसैं रतिहारमा ससुराली पुग्ने लिम्बु लिम्बुनीहरु पनि देखिन छाड्यो ।

जातीय संस्कार संस्कृतिमा चल्ने मदिरा उपल्लो मानिने जातिसम्ममा वहाना बन्न थाल्नु समय परिर्वतन हो भनेर मान्नुको बिकल्प छैन । चाँडपर्व दसैं तिहार, छट, ल्होसार जस्ता पर्व पनि लाखौ रकम दिरामै खर्चने गर्छ । मदिराको प्रयोग गर्ने परिपाटीलाई समाजले सकारात्मक या नकरात्मक कसरी लिन्छन् यो बहसकै बिषय बन्न थालेको छ । पार्टी भोजभतेरमा त्यो विना खल्लो महसुस गर्छन । चौरासी व्यञ्जनका परिकार किननहोस तर उसको उपस्थिती बिना उनीहरु टुलुटुलु अन्यत्रै हेर्ने गर्छन् । के मदिरा बाहानानै हो ?
[email protected]

    Comment Here!