हाम्रोबारे

प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्वमा सगरमाथा (एभरेष्ट)को देश भनेर चिनिन्छ । पूर्वदेखि पश्चिमसम्म नै फैलिएको हिमालको दृश्यले जो कोहीलाई मोहित पार्छ । नेपालको संस्कृति, सम्पदा, धार्मिक सहिष्णुता विश्वमा उदाहरणीय छ ।

यिनै वस्तुको प्रबद्र्धन गर्न सके कम लगानीमा नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने निश्चित छ । यही लक्ष्यका साथ पाथिभरा हिमालयन मिडिया प्रालीले नेपालमा समृद्धिको एक मात्र आधार पर्यटन क्षेत्र रहेको ठहर गरी तपाईंमाफ टुरखबर डटकम लिएर आएको छ ।

हामी नेपालमा पर्यटनको विकासका लागि भइरहेका पहल, चाल्नुपर्ने कदमका बारेमा जानकारका कुरा, भएका कमिकमजोरी सच्याउन चाल्नुपर्ने कदम र नीति निर्माण तहमा भइरहेका काम र गर्नुपर्ने कामका बारेमा सम्बन्धित निकायको खबरदारी गर्नेगरी उपस्थित भएका छौं ।

आशावादी छौं, अबको नेपाल र नेपालीको नयाँ क्रान्ति पर्यटनबाट हुनेछ । यसमा तपाईं हाम्रो सँधै हातेमालो हुनेछ ।

    Comment Here!